यस वर्षको दशैं टीकाको उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा



काठमाडौं, ३१ भदौ । नेपाल पञ्‍चांग निर्णायक समिति यस वर्षको दशैंको टीका साइत बिहान ११ बजेर ५३ मिनेटमा उत्तम भनेको छ ।

आज समितिले सार्वजनिक गरेको साइतअनुसार विजया दशमीको टीका ग्रहणका ११ बजेर ५३ मिनेटमा उत्तम भनेको छ । टीका भने असोज १६ गते परेको छ ।

उक्त दिन बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जनको साइत रहेको छ। समितिका अनुसार घटस्थापनाका लागि ६ गते सोमबार बिहान ९ बजेर १३ मिनेटको समय उत्तम रहेको छ।

प्रकाशित मिति : भाद्र ३१, २०८२ मंगलबार  ७ : ४० बजे