काठमाडौं। अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच भेटवार्ता भएको छ ।
आज दिउँसो प्रधानमन्त्रीको कार्यालय पुगेर चिनियाँ राजदूत सोङले प्रधानमन्त्री कार्कीसँग भेटवार्ता गरेका हुन् ।
भेटमा राजदूत सोङले नेपाललाई चीनले सधै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।









