काठमाडौं, २ असोज । नेकपा (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक व्यारेकबाट फर्किएका छन् ।
गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि उनलाई नेपाली सेनाले सुरक्षा दिएर ब्यारेकमा राखेको थियो । स्रोतका अनुसार उनी आज सेनाको ब्यारेकबाट फर्किएका हुन् । ओली महेश बस्नेतको एरिया गुण्डुतिर डेरा सरेको बताइएको छ ।
गुण्डुमा उनका निम्ति एउटा घर भाडामा लिएको बताइएको छ । अध्यक्ष ओलीको बालकोटस्थिति निवास भने जेन–जी आन्दोलनको क्रममा जलेर ध्वस्त भएको छ । गत भदौ २४ गते प्रधानमन्त्रीबाट राजीनामा दिएका ओली त्यसयता सैनिक ब्यारेकमा बस्दै आएका थिए ।
नेकपा (एमाले)ले संविधान दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय च्यासल प्रांगणमा शुक्रबार कार्यक्रम गर्दै छ । बिहान ८ बजेका लागि तय भएको कार्यक्रममा ओली उपस्थित हुने नहुने भने अन्योलनै छ ।









