काठमाडौं । सरकारले राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभागलाई अर्थ मन्त्रालय मातहत ल्याएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग अर्थ मन्त्रालय मातहत ल्याएको हो ।
सरकारले मन्त्रिपरिषद् बैठकले राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालय मातहत ल्याउने निर्णय गरेको छ।
योसँगै अब राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग अर्थमन्त्रालय मातहत र राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालय मातहत आएका छन् ।
तेसैगरि सरकारले सुरक्षण मुद्रणसम्बन्धी नियमावली, २०८२ स्वीकृत गरेको छ । सरकारले सुरक्षण मुद्रणसम्बन्धी ऐन, २०८१ प्रभावकारी रूपमा कार्यान्वयनका लागि ऐनले दिएको अधिकारअन्तर्गत सुरक्षण मुद्रण नियमावली, २०८२ स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताए।
उनले छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन, २०४८ बमोजिम अनलाइन सञ्चारमाध्यम दर्ता गर्ने प्रयोजनका लागि सूचना तथा प्रशारण विभागको महानिर्देशकलाई स्थानीय अधिकारीको रूपमा तोक्ने निर्णय भएको बताए ।









