काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई तीन महिनाभित्र केन्द्रीय कार्यालय रहेको भवन खाली गरिदिन घरबेटीले आग्रह गरेका छन् ।
लामो समयसम्मको भाडा नपाएको र सुरक्षाको कारणले घर छोड्न आग्रह गरेको घरधनी भरतमणि देवकोटाले बताए ।
देवकोटाले सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार प्रतिमहिना साढे तीन लाख रुपैयाँमा सम्झौता भएको थियो । तर, सम्झौताअनुसार रास्वपाले १० महिनादेखि भाडा दिएको छैन ।









