अब म अध्यक्ष रहिनँ : प्रचण्ड



काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको अध्यक्ष पद त्याग गरेको घोषणा गरेका छन्।

शुक्रबार काठमाडौंमा सम्पन्न केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अब आफू पार्टीको अध्यक्ष नरहेको बताए।

प्रचण्डले भने, आज केन्द्रीय समितिको बैठक सम्पन्न भयो। अब म अध्यक्ष रहिनँ, अब म महाधिवेशन आयोजक समितिको संयोजक मात्रै हो।

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बिहीबारदेखि काठमाडौंको प्रज्ञा भवनमा जारी थियो। अध्यक्ष पद त्यागको उनको घोषणालाई पार्टीको आगामी महाधिवेशन तयारीसँग जोडिएको मानिएको छ।

प्रकाशित मिति : आश्विन १०, २०८२ शुक्रबार  ६ : १७ बजे