हर्क साम्पाङले दल दर्ताको लागि आयोगमा दिए निवेदन



काठमाडौं, १२ असोज । धरानका मेयर हर्क साम्पाङले आफ्नो नेतृत्वमा दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

उनले पार्टीको नाम ‘राष्ट्रिय श्रम संस्कृति’प्रस्ताब गरेका छन् ।

उनले आफू नै अध्यक्ष रहनेगरि निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन दिएका हुन् ।

अयोगले दर्ताको लागि प्रक्रिया अघि बढाएको बताईएको छ । प्रस्तावित पार्टीको लागि उनले चुनाव चिन्ह ‘माटोको ढिस्को’ मागेका छन् ।

प्रकाशित मिति : आश्विन १२, २०८२ आईतबार  ५ : ३३ बजे