काठमाडौं ।सप्तकोसीको बहावले सतर्कता तह नाघेको छ ।
सप्तकोसीको बाहबले सुनसरीको चतरामा सतर्कता तह पार गरेको हो।
बेलुकासम्म निरन्तर पानी पर्ने भएकाले बाढी र डुबान हुने क्षेत्रहरूमा बेलुकासम्मै अति उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
भारी वर्षा भइरहेकाले बाढी बढिरहेको पनि बिभागले जनाएको छ ।
कोसी नदी जलाधारका र यीनका सहायक नदीहरूको बहावले सतर्कता तह पार गरेकोले बाढी र डुबान हुने क्षेत्रहरूमा बेलुकासम्मै उच्च सतर्कता अपनाउनु पर्ने विभागले बताएको छ ।














