काठमाडौं, असोज १९ । इलाम जिल्लाका बिभिन्न स्थानमा गए रातिको बाढी पछि आएको पहिरोमा पहिरोमा परेर १८ जनाको मृत्यु भएको छ ।
जिल्लाको बिभिन्न स्थानमा गए रातिको बाढी पहिरोमा पुरिएर मृत्यु भएको पुष्टि भएको हो ।
प्रहरीले पुष्टि गर्न बाँकी रहे पनि जिल्लामा हालसम्म पहिरोले १४ जनाको मृत्यु भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । स्थानीय पालिकाहरुले १८ जनाको मृत्यु भएको जनाएका छन्।
बाढी पहिरोले सूर्योदय नगरपालिका –१ मानेभञ्ज्याङमा ५ जना, माङसेबुङ गाउँपालिका –१ पाटिगाउँमा ३ जना, देउमाई नगरपालिका– ५ धारेमा १ जना, देउमाई –५ धुसुनीमा २ जना, फाकफोकथुम गाउँपालिका –३ रातमाटेमा १ जना र इलाम नगरपालिकाको घोसगाउँमा ६ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ ।
प्रहरीले घटनास्थलमा खोज तथा उद्धार कार्य तीव्र रूपमा जारी राखेको जनाएको छ । कतिपय स्थानमा प्रहरी पुग्न सकेको छैन ।














