काठमाडौं । काठमाडौं उपत्यकाका नदीहरुमा पानीको बहाव केही कम भएपनि जोखिम अझै कायमै रहेको छ ।
आईतवार बिहानैदेखि वर्षा रोकिएसँगै काठमाडौं जनजीवन सामान्य बन्दै गएको छ ।
नदीहरुमा पानीको बहाव केही कम भएपनि बाढीको जोखिम अझै रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
वागमती, विष्णुमती लगायतका नदीहरुको मुहान क्षेत्रमा वर्षा भइरहेकाले पनि बाढीको जोखिम नघटेको विभागले बताएको छ ।
काठमाडौंको वागमती नदीमा अझै बाढी आइरहेको छ ।














