बाढी, पहिरो र डुबानले अवरुद्ध विद्युत आजै सुचारु हुन्छः मन्त्री घिसिङ



काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधार एवं शहरी विकासमन्त्री कुलमान घिसिङले बाढी, पहिरो र डुबानका कारण अवरुद्ध विद्युत आजैबाट सुचारु हुने बताएका छन् ।

केही ठाउँमा विद्युत पोल बगाएको, केही ठाउँमा डुबानका कारण अवरुद्ध विद्युत आजै बेलुकासम्म सुचारु गराउने गरी काम भईरहेको उनको भनाई थियो ।

आईतवार सिंहदरवारमा पत्रकार सम्मेलन गरी मन्त्री घिसिङले लोडसेडिङ हुनुपर्ने कुनैपनि अवस्था नरहेको पनि स्पष्ट पारे ।

उनले पर्याप्त विद्युत जगेडा भएकाले नेपालमा लोडसेडिङ हुनुपर्ने कारण नरहेको दाबि गरे ।

प्रकाशित मिति : आश्विन १९, २०८२ आईतबार  ५ : ५८ बजे