लिची बगान जग्गा घोटाला : पूर्व मन्त्रीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं, २२ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको लिची बगान जग्गा घोटाला प्रकरणमा दुई पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता प्रक्रिया अगाडि बढाएको छ ।

उनीहरूविरुद्ध ७८ लाख रुपैयाँ बिगो मागदाबीसहित आज (बुधबार)अख्तियार मुद्दा लिएर विशेष अदालतमा गएको हो । अहिले सो मुद्दा रुजु गर्ने काम भइरहेको अदालत स्रोतले बतायो ।

उक्त जग्गा हिनामिना गर्ने योजनासहित भएको घुस डिल प्रकरणको अडियो सार्वजनिक भएको थियो ।

उक्त अडियोमा पूर्वमन्त्रीद्वय श्रेष्ठ, गुप्ता र बिचौलियाहरुको मुछिएका थिए । अडियो प्रकरण सार्वजनिक भएपछि सो मुद्दाको अनुसन्धान अगाडि बढेको हो ।

प्रकाशित मिति : आश्विन २२, २०८२ बुधबार  ३ : ४४ बजे