माइतीघर–बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा,प्रदर्शनका लागि माइतीघर पुगेका केहि युवाहरु पक्राउ



काठमाडौं । प्रहरिले माइतीघर–नयाँ बानेश्वर आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्दै ठुलो संख्यामा प्रहरि परिचाला गरेको छ । प्रहरीले बिहीबार बिहानैदेखि काठमाडौंमा उच्च सतर्कता अपनाएको छ ।

हिजैदेखि माइतीघमा टाँगिएका ब्यानर हटाएर अर्को ब्यानर राख्ने देखि लिएर एक पक्षले अर्को पक्षविरुद्ध जाहेरी दिनेसम्मका घटनाका बिच आज जेनजीका विभिन्न समूहले प्रदर्शन गर्न थालेपछि सुरक्षा व्यवस्था कडा पार्दै ठुलो संख्यामा प्रहरि परिचाला गरेको हो ।

। बिहीबार जेनजीका विभिन्न समूहले माइतीघर–बानेश्वर क्षेत्रमा प्रदर्शन गर्नथालेपछि प्रदर्शनका लागि माइतीघर पुगेका युबाहरुलाइप्रहरीले नियन्त्रणमा लिन थालेको छ ।

आन्दोलन गर्न काठमाडौंको माइतीघर पुगेका निकोलस भुसाल लगायतका युबाहरुलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।

अहिले ती क्षेत्रहरुमा ठूलो मात्रामा नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीहरु परिचालन गरिएको छ ।

जेनजीका विभिन्न समूहका साथै नेकपा (एमाले)ले समेत भक्तपुरमा बिहीबार नै कार्यक्रम गर्ने तालिका राखेपछि सुरक्षा व्यवस्था कडा पारिएको हो ।

प्रकाशित मिति : आश्विन २३, २०८२ बिहीबार  १२ : ०५ बजे