काठमाडौं । सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेको छ । बिहीवार अपरान्ह सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले भूमि समस्या समाधान आयोग आयोग खारेज गर्ने निर्णय गरेको हो ।
सबै जिल्लाका जिल्ला समितिहरुसहित सो आयोग खारेज गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिए।
त्यसैगरी सरकारले इलाम जिल्लालाई ३ महिनाको अवधिसम्म विपद संकटग्रस्त जिल्ला घोषणा गरेको छ ।
प्रहरी नायव महानिरीक्षकहरु सुशीलसिंह राठौर, उमाप्रसाद चर्तुवेदी, हिमालय कुमार श्रेष्ठ र डम्बरबहादुर विश्वकर्मालाई नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गरी पदस्थापन गर्ने निर्णय पनि गरिएको सरकार प्रवक्ता खरेलले बताए।









