एमाले सचिवालय बैठक जारी



काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक जारी छ ।

आइतबार बिहान गुण्डुस्थित अध्यक्ष ओलीको निवासमा बैठक सुरु भएको हो ।

यसअघि शुक्रबार बसेको बैठकमा राष्ट्रिय एकता कायम गर्नुपर्ने, दलबिच सहकार्य अघि बढाउनुपर्ने र देशभर एकताको वातावरण सृजना गर्नुपर्नेमा नेताहरूले जोड दिएका थिए ।

आजको बैठकमा शुक्रबार बोल्न बाँकी रहेका पदाधिकारीहरूले आ(आफ्नो धारणा राख्ने छन् ।

प्रकाशित मिति : आश्विन २६, २०८२ आईतबार  १ : १७ बजे