काठमाडौं। नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन० र हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङविरुद्ध प्रहरीमा उजुरी दिएको छ ।
गत भदौ २३ र २४ गते भएको जेन–जी प्रदर्शनको क्रममा युवा उकासेर मुठभेड गराएको आरोपमा नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह र हामी नेपाल नामक संस्थाका संस्थापक सुदन गुरुङविरुद्ध आज काठमाडौं र ललितपुर प्रहरीमा जाहेरी दिएको हो ।









