काठमाडौँ जिल्ला अदालतमा महराको बयान सुरु



काठमाडौँ । पूर्व सभामुख कृष्ण बहादुर महराविरुद्धको मुद्दामा काठमाडौँ जिल्ला अदालतमा बयान सुरु भएको छ ।

न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासमा उनको बयान सुरु भएको छ ।

सुन तस्करी प्रकरणमा सिआईबीले पक्राउ गरेको महरालाई हिजो (सोमबार) सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दर्ता गराएको थियो ।

सिआइबीको टोलीले महरालाई आइतबार लतिलपुरको खुमलटारबाट पक्राउ गरेको हो ।

प्रकाशित मिति : आश्विन २८, २०८२ मंगलबार  १२ : ३५ बजे