भदौ २३ र २४ गते जेन जी आन्दोलनको क्रममा भएका घटना निष्पक्ष छानविन गरी कारबाही होस्ः देउवा



काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गत भदौ २३ र २४ गते जेन जी आन्दोलनको क्रममा भएका घटनाहरुको सत्य तथ्य छानविन गर्न माग गरेका छन् ।

मंगलवार पार्टी केन्द्रिय समितीको बैठकलाई केन्द्रिय कार्यालय सानेपामा सम्बोधन गर्दै उनले यस्तो माग गरेका हून् ।

उनले नागरिकको जीउधनको सुरक्षा गर्ने जिम्मेवारी बोकेका सुरक्षाकर्मीको हुर्मत लिने, हातहतियार लुट्ने र नागरिकको निजी सम्पतिमाथि तोडफोड लुटपाट र आगजनी गर्नेमाथि छानविन गरी दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन माग गरे ।

काँग्रेसको केन्द्रिय कार्यालयसहित ४८ जिल्लाका कार्यालय र करिव १ सय २५ जना नेताहरुको निजी घर र डेरामा आक्रमण तथा लुटपाट रआगजनी गरेकोप्रति भत्र्सना गरे ।

प्रकाशित मिति : आश्विन २८, २०८२ मंगलबार  ३ : ११ बजे