प्रतिनिधि सभा विघटन खारेजीको माग गर्दै सर्वोच्चमा परे १० निवेदन, दर्ता हुन बाँकी



सर्वोच्च अदालतमा सरकार गठन प्रक्रिया र प्रतिनिधि सभा विघटनसम्बन्धी १० वटा रिट निवेदन, दर्ता हुन बाँकी

काठमाडौं। सर्वोच्च अदालतमा रिट निवेदनसहित देवानी तथा फौजदारी मुद्दाहरू दर्ता तथा सुनुवाई प्रक्रिया शुरु भएसँगै मंगलवारबाट रिट निवेदन दर्ता भएका छन् ।

सर्वोच्च अदालतले रिट निवेदन दर्ता गर्न शुरु गरेसँगै मंगलवार चार वटा रिट निवेदन दर्ता भएको सर्वोच्च अदालतका सहायक प्रवक्ता निराजन पाण्डेले बताए ।

उनका अनुसार चारवटै रिटमाथि बुधवारको लागि पेसी तोकिएको छ ।

पाण्डेले सरकार गठन प्रक्रिया र प्रतिनिधि सभा विघटन खारेजीको माग गर्दै १० वटा मुद्दाहरु आएको पनि बताए । यद्यपि ती मुद्दाहरु अध्ययनकै क्रममा रहेको सहायक प्रवक्ता पाण्डेको भनाइ छ ।

प्रकाशित मिति : आश्विन २८, २०८२ मंगलबार  ७ : १३ बजे