काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई बर्बादीतर्फ धकेल्ने प्रवृत्तिविरुद्ध शतर्क रहँदै लोकतान्त्रिक तथा सुशासनयुक्त बाटोमा फर्काउनुपर्ने बताएका छन् ।
बुधवार पार्टी केन्द्रिय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हून् ।
उनले जेन–जी आन्दोलनपछि सबैभन्दा बढी प्रहार नेकपा (एमाले)माथि भइरहेको बताए ।
राष्ट्रिय हित र सार्वभौमिकताको पक्षमा अडिग रहेकै कारण पार्टी नेतृत्व र पार्टीमाथि प्रतिगमनकारी शक्तिहरु लागिपरेको उनको जिकिर छ । उनले नेकपा (एमाले)लाई नेपालको कम्युनिष्ट आन्दोलनको वैचारिक तथा व्यवहारिक अगुवाइ गर्ने पार्टीको रूपमा चित्रण गरे ।









