काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाको भनाइको प्रशंसा गरेका छन्।
शर्माले जेनजी प्रदर्शनको जायज मागहरूलाई सम्बोधन गर्नुपर्ने पार्टी सभापति शेरबहादुर देउवाको भनाइको प्रशंसा गरेका हन् ।
महामन्त्री शर्माले प्रदर्शनकारीहरूको जायज माग सम्बोधन गर्नुपर्ने आवश्यकता व्यक्त गर्दै, आक्रमणको परिस्थिति सामना गरेर पनि देउवाले आवेग बिना हृदयदेखि सम्बोधन गर्दै नयाँ ढंगले अघि बढ्ने आग्रह गरेका छन्।
सभापति देउवाले कार्यसमितिमा बहुमत रहँदै पनि कार्यवाहक जिम्मेवारी सम्हाल्न दिनु र आगामी यात्राको जिम्मा सबैलाई सुम्पनु सकारात्मक संकेत भएको बताए ।
उनको भनाइ उद्धृत गर्दै विश्व प्रकाश शर्माले सामाजिक सन्जालमा यस्तो लेखेका छन्।
GenZ प्रदर्शनको जायज मागलाई सम्बोधन गरिनुपर्छ´´, आफैं भौतिक आक्रमणमा परेर पनि कुनै आवेग बेगर हार्दिक रूपमा यी शब्द लिखितम् सहित बोल्नुभयो उहाँले l आग्रह गर्नुभयो- “व्यक्तिगत या समुहगत मतभेदभन्दा माथी उठेर अबको बाटो पहिल्याइनुपर्छ ´´ ! कार्यसमितिमा बहुमत थियो र छँदैछ तर दिनुभयो कार्यवाहक र जानूभयो हामी सबैलाई `आगामी यात्राको परिक्षा´ सुम्पिएर l
समयको स्वरलाई सम्बोधनको यो कर्मप्रति हृदयदेखि सम्मान l
यो कर्मको मर्म आत्मसात गर्दै अब नयाँ ढंगले जुट्नुछ – `इतिहासमा आर्जित विश्वसनीयता पुनःपुष्टि गर्ने´ दायित्व अब संयम र एकतासाथ सम्हाल्ने परिपक्वता हामीले राख्नुछ l जय नेपाल !










