काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले केही तत्वहरु निर्वाचनको विथोल्नको लागि सक्रिय भएको आरोप लगाएका छन् ।
जिल्ला समन्वय समिति भक्तपुरको कार्यलय अनुगमनको क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले निर्वाचनको माहोल बिगार्न लाग्नेहरुलाई सरकारले सम्झाईबुझाई गर्ने बताए ।
सम्झाउँदा नमानेमा सरकारले आफ्नो ढंगबाट काम गर्ने नको भनाई छ ।
वर्तमान सरकार स्वतन्त्र र निष्पक्ष ढंगबाट निर्वाचन गराउनको लागी बनेको उल्लेख गर्दै उनले तोकिएकै मितिमा सरकारले निर्वाचन गराउने दाबी गरे ।









