पूर्वसचिव डा. संगीता मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौं। अख्तियार अनुसन्धान दुरुपयोग आयोगले स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा. संगीता कौशल मिश्रासमेत गरी १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मिश्रासहितले स्वास्थ्य उपकरणमा घोटाला गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

मिश्रासँग १४ करोडको बिगो मागिएको छ ।

मिश्रा स्वास्थ्य सचिवको आकांक्षी थिइन्। सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार बनेपछि मिश्राले सचिव पदबाट राजीनामा दिएकी थिइन्। उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाउने तयारी थियो। तर अख्तियारले भ्रष्टाचार मुद्दा अघि बढाउन लागेपछि मिश्रालाई स्वास्थ्य मन्त्री बनाइएको थिएन।

प्रकाशित मिति : कार्तिक २, २०८२ आईतबार  १ : ५२ बजे