जेन–जी आन्दोलनका क्रममा प्रहरीको हत्या गरेको आरोपमा थप ५ जना पक्राउ



काठमाडौं । जेन–जी आन्दोलनको क्रममा प्रहरीको हत्यामा संलग्न रहेको आरोपमा थप पाँच जना पक्राउ परेका छन् ।

वृत्तका असई मिलन राय र जवान उत्तम थापाको हत्या आरोपमा थप पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा गोरखाका सोमबहादुर गुरुङ, तनहुँका राजीव गुरुङ, युनिक श्रेष्ठ, सर्लाहीका सुमित तितुङ र रामेछापका दीपक मगर रहेका छन् ।

उनीहरूलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको प्रहरी परिसर काठमाडौले बताएको छ ।

प्रकाशित मिति : कार्तिक ९, २०८२ आईतबार  १ : ५२ बजे