नेपाली कांग्रेस विगतमा भएका कमजोरीलाई स्वीकार गर्दै अघि बढ्छ : कार्यावहक सभापति खड्का



काठमाडौं । नेपाली काँग्रेसका कार्यावहक सभापति पूर्णबहादुर खड्काले आफ्नो पार्टीले विगतमा भएका कमीकमजोरी स्वीकार गर्दै अघि बढ्ने बताएका छन् ।

सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पार्टीको भ्रातृ संगठन नेपाल तरुण दलको ७३ औं स्थापना दिवसको अवसर पारेर एक कार्यक्रममा बोल्दै उनले विगतमा भएका कमीलाई स्वीकार गर्दै अघि बढ्ने बताएका हुन् ।

कार्यवाहक सभापति खड्काले पार्टीले फेरी संविधानको रक्षाका लागि नेतृत्वदायी भुमिका निर्वाह गर्ने बताए ।कार्यवहाक सभापति खड्काले नेपाली काङ्ग्रेस संविधान, परिवर्तन र जनताको अधिकारको रक्षाको लागि बृहत एकतासहित अगाडि बढ्ने दाबि गरे ।

उनले विगतको इतिहासको कालखण्ड जस्तै जनताले फेरि नेपाली काङ्ग्रेसबाट अपेक्षा र आशा गरेको भन्दै कमि कमजोरीहरुलाई स्वीकार गर्दै संविधान र जनताको अधिकारको रक्षाको लागि बृहत एकतासहित अगाडि बढ्ने बताए । उनले भने, ‘विगतको इतिहासको कालखण्ड जस्तै फेरि नेपाली काङ्ग्रेसबाट अपेक्षा र आशा गरेको छ । त्यसकारण हाम्रा विगतमा भएका कमि कमजोरीहरुलाई स्वीकार गर्दै नेपाली काङ्ग्रेस संविधानको रक्षा, परिवर्तनको रक्षा र जनताको अधिकारको रक्षाको लागि बृहत एकतासहित हामी अगाडि बढ्छौ ।

यस्तै, उनले तरुण दलको झण्डा बोकेर लोकतन्त्र र जनताको अधिकारको रक्षाको लागि एकपटक फेरि संगठित र एकताबद्ध हुनुपर्ने भन्दै नेपाली काङ्ग्रेस एउटा नयाँ संकल्प, उत्साहा र उर्जासहित अगाडि बढ्नको लागि तयार रहेको बताए ।

प्रकाशित मिति : कार्तिक १०, २०८२ सोमबार  ३ : ५८ बजे