काठमाडौं । राष्ट्रिय सभाका सचिव डा.सुरेन्द्र अर्यालले पदबाट राजीनामा दिएका छन्।
उनले मंगलबारदेखि लागू हुनेगरी पदबाट राजीनामा दिएका हुन् ।
राष्ट्रपतिद्वारा जारी विज्ञप्तिमा भनिएको छ,’सेवा र शर्त सुविधा सम्बन्धी ऐन, २०७५को दफा ६ को खण्ड (क) बमोजिम मिति २०८२/०७/११ गतेदेखि लागू हुनेगरी स्वीकृत हुन आफ्नो पदबाट लिखित राजीनामा दिनु भएको छ ।’










