काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस सुरु भएको छ ।
प्रतिनिधिसभा विघटन र प्रधानमन्त्रीमा कार्कीको नियुक्तिलाई असंवैधानिक दाबी गर्दै सर्वोच्च अदालतमा १६ वटा रिट दर्ता भएको थियो ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहितको संवैधानिक इजलासमा सो रिटको सुनुवाइ जारी रहेको हो ।
प्रतिनिधि सभा विघटन विरुद्धको रिटमाथि सुनुवाई गर्न संवैधानिक इजलास गठन भएको छ । इजलासमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधिशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा रहेका छन् ।









