काठमाडौं । नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केपी ओली नेपालको सबै भन्दा अहंकारी प्रधानमन्त्री भएको बताएका छन् ।
काठमाडौंमा बुधवारबाट शुरु भएको पार्टी केन्द्रिय कमिटीको तेस्रो पूर्ण बैठकमा बोल्दै उनले सो जिकिर गरेका हून् ।
‘विद्रोहको कुनै औचित्य थिएन। नयाँ पार्टी खोल्नुको कुनै अर्थ थिएन भन्नु भनेको केपी ओलीकासामु लमपसार पर्ने हो। आत्मसमर्पण गर्नेबाहेक केही हुन सक्दैन’, उनले भने।
अध्यक्ष नेपालले नेकपा एमाले विभाजन गरेर नेकपा एस बनाउने कुराको औचित्य पुष्टि नभएका भन्ने कुरा ओली सामु आत्मसमर्पण गर्नुबाहेक अरु केही नभएको समेत बताए ।









