राष्ट्रपति पौडेलको कतार भ्रमण स्वीकृत



काठमाडौं । मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलको कतार भ्रमण स्वीकृत गरेको छ ।

राष्ट्रपति पौडेल ‘सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलेपमेन्ट’ नामक कार्यक्रममा सरिक हुन जान लागेका हुन् ।

आज बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको कतार भ्रमण स्विकृत गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।

राष्ट्रपति पौडेल यही कार्तिक १७ गते कतार भ्रमणमा जाने भएका छन् ।

प्रकाशित मिति : कार्तिक १२, २०८२ बुधबार  ४ : ०५ बजे