काँग्रेस संस्थापनको निष्कर्ष : पार्टीलाई चुनावतर्फ केन्द्रित गर्ने, वैशाखमा महाधिवेशन



काठमाडौं । नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफू निकटका नेताहरुसँग छुट्टै छलफल गरेका छन् ।

केन्द्रिय समिति बैठकको अघिल्लो दिन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफू निकटका नेताहरुसँग ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजमा बोलाएर आगामी रणनीतिबारे छलफल गरेका हुन् ।

बैठकमा संस्थापन पक्षीय पदाधिकारी, पूर्वपदाधिकारीसहित करिव ७५ जना सहभागी थिए।बैठकले पार्टी अहिले महाधिवेशनभन्दा पनि चुनावमा केन्द्रित हुनुपर्ने निष्कर्ष निकालेको बताइएको छ ।

बैठकले अहिले महाधिवेशनभन्दा पनि चुनाव केन्द्रीत हुनुपर्ने निष्कर्ष निकालेको छ । वैशाखमा महाधिवेशन गराउने बारे बैठकमा सहमति जस्तै बनेको बताइएको छ ।

सभापति शेरबहादुर देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएपछि उनले निरन्तर गुट भेला राख्दै आएका छन् ।

प्रकाशित मिति : कार्तिक १२, २०८२ बुधबार  ७ : ०५ बजे