खरिदारदेखि प्रमुख प्रशासकीय अधिकृत सम्मको सफल यात्रा



मोरङ । जिम्मेवारिबोध र पारदर्सीतासहितको प्रतिबद्दताले सार्वजनिक सेवाको यात्रामा नाम, पद र जिम्मेवारी कसरी बदलिन्छ भन्ने कुराको उत्कृष्ट उदाहरण बनेका छन् जहदा गाउँपालिकाका वर्तमान प्रमुख प्रशासकीय अधिकृत रोशन कुमार गुप्ता। वडा सचिव हुदै कटहरी गाउँपालिकामा आर्थिक अनुशासन कायम गर्ने ‘लेखापाल’ बाट सुरु भएको उनको यात्रा आज मोरङकै अर्को महत्वपूर्ण पालिकाको प्रशासनिक सर्वोच्च पदमा आइपुगेको छ।

गुप्ताले आफ्नो सरकारी सेवाको यात्रा कटहरी गाउँपालिकाबाट ‘लेखापाल’ को पदबाट सुरु गरेका हुन्। लेखापालनको जिम्मेवारीमा रहँदा उनले स्थानीय तहको आर्थिक व्यवस्थापन, बजेट विनियोजन र वित्तीय पारदर्शिताको आधारभूत पक्षहरूलाई गहन रूपमा बुझे ।

जागिरको जिम्मेवारीसँगै उनले आफ्नो व्यक्तिगत अध्ययन र उच्च पदका लागि तयारीलाई तीव्रता दिए। उनको यही अथक परिश्रम र लगनशीलताले गर्दा उनको नाम विशिष्ट र क्षमतावान कर्मचारीको सूचीमा परेको थियो।

लेखापालको जिम्मेवारी सफलतापूर्वक पूरा गरेपछि उनले निजामती सेवाको उच्च पदका लागि प्रयास गरे र सफल पनि भए । यो सफलतासँगै निजामती सेवाको एक अब्बल प्रशासकको रुपमा उनको जिम्मेवारि फेरियो ।

फेरिएको परिचय र जिम्मेवारिसँगै गुप्ताले मधेश प्रदेश अन्तर्गतको बलान बिहुल गाउँपालिका, सप्तरीमा २०८१ साल असोज २ गतेबाट पहिलो पठक प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाले । बलान बिहुल गाउँपालिकामा उनले प्रशासनिक नेतृत्वको जिम्मेवारी वहन गर्दै आफ्नो व्यवस्थापकीय क्षमता प्रमाणित गरे। यो अनुभवले उनलाई थप परिपक्व र अनुभवी प्रशासक बनायो।

गुप्ता हाल मोरङ जिल्लाको जहदा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत छन्। वडा सचिब हुदै लेखापालको रूपमा स्रोतको व्यवस्थापन हेर्ने व्यक्ति आज पालिकाको सम्पूर्ण प्रशासनिक, योजना तथा विकासको नेतृत्व गरिरहेका छन्।

उनि जहिले पनि काममा गम्भीर र पारदर्शी भएको जहदा गाउँपालिकाका स्थानिय र कर्मचारीहरु बताउँछन् । गाउँपालिकाका स्थानियहरु उनको जवाफदेहिता र पारदर्सिताले कार्यरत कर्मचारीहरूलाई पनि प्रेरणा दिएको ठाँन्छन्।

खरिददार देखि लेखापाल हुदै छोटो समयमै पालिकाको सम्पूर्ण प्रशासनिक, योजना तथा विकासको नेतृत्व गरिरहेका गुप्ताको प्रगति केवल उनको पदको बढुवा मात्र नभई संस्थागत सुसासन र पारदर्सीता समेतलाइ स्थापति गराउँने यात्रा पनि बनेको छ ।

उनको यो यात्राले देखाउँछ कि पहिलो पद सानो वा ठूलो हुँदैन, हरेक पदलाई जिम्मेवारीपूर्वक निर्वाह गर्नु नै भविष्यको लागि सिँढी बन्छ । यदि लक्ष्य स्पष्ट र परिश्रम पनि छ भने सुरुवात जहाँबाट भए पनि, गन्तव्य उँचो नै हुन्छ।

प्रकाशित मिति : कार्तिक १३, २०८२ बिहीबार  ४ : ५४ बजे