दल दर्ताका लागि निर्वाचन आयोग पुगे रेशम चौधरी



काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले घोषणा गरेको नयाँ पार्टी नागरिक उन्मुक्ति पार्टी नेपालले दर्ताका लागि आज (बिहीबार) निर्वाचन आयोग पुगेका छन्।

यसअघि नागरिक उक्मुक्ति पार्टीका संरक्षक रहेका उनी बिहीबार नयाँ दल दर्ता गर्न आयोग पुगेका हुन्।

दलको नाम नागरिक उन्मुक्ति पार्टी, नेपाल राखिएको छ।

दलको अध्यक्षमा कबीर सोप रहेका छन्।

प्रकाशित मिति : कार्तिक १३, २०८२ बिहीबार  ४ : ३४ बजे