प्रकाशशरण महतको दाबि : बहुसंख्यक सदस्यहरु नियमित महाधिवेशनको पक्षमा देखिए



काठमाडौं । नेपालि काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले केन्द्रिय समिति बैठकमा बहुसंख्यक सदस्यहरु नियमित महाधिवेशनको पक्षमा धारणा राखेको बताएका छन् ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले बहुसंख्यक सदस्यहरुले नियमित महाधिवेशनमा जानु नै उपयुक्त हुने धारणा राखेको बताएका हुन् ।

केन्द्रिय सदस्यहरूले देशको राजनीतिक संकट, आगामी निर्वाचनको सुरक्षा अवस्था र पार्टी महाधिवेशनका विषयमा धारणा राख्ने क्रम जारि रहेको उनले जानकारि दिए ।

पार्टीभित्र नियमित महाधिवेशन वा विषेश महाधिवेशनका लागि रस्साकस्सी चलिरहेका बेला पार्टी केन्द्रिय कार्यालयमा जारी केन्द्रीय समिति बैठकले निे निर्णयका प्रति धेरैको चासो छ ।

प्रकाशित मिति : कार्तिक १३, २०८२ बिहीबार  ७ : ५६ बजे