वर्तमान सरकारमार्फत नै निर्वाचनमा जानुको विकल्प छैनः डा. बाबुराम भट्टराई



काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान सरकारमार्फत नै निर्वाचनमा जानुको विकल्प नरहेको बताएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वपक्षीय सरकारको प्रश्ताव अघि सारिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले शुक्रबार काठमाडौँमा आयोजना गरेको ‘बृहत् राजनीतिक संवाद’ कार्यक्रममा बोल्दै भट्टराईले उनले यस्तो धारणा राखेका हुन् ।

भट्टराईले तोकिएकै समयमा मुलुकमा निर्वाचन नभए देश डरलाग्दो सुरुङमा फस्ने चेतावनी दिँदै यही संविधानमा टेकेर दलहरुले छिटो निर्वाचन गराउने दिशामा अघि बढ्नुपर्ने बताए ।

उनले भने, ‘अब निर्वाचनमा त हामीले जसरी पनि गर्नुपर्छ। कथमकदाचित निर्वाचन भएन भने डरलाग्दो अध्याँरो सुरुङमा देश फस्छ। त्यसैले हामी सबैले सहयोग गरेर यो अन्तरिम सरकार, यो सुशीला कार्की नेतृत्वको जुन सरकार छ, यसका अपूर्णता, कमी, कमजोरी छन् भने यसलाई सच्याउन लगाऔँ। तर, यसैमार्फत नै छिटो चुनाव गराउनेतिर नै हामी जानुपर्छ।’

प्रकाशित मिति : कार्तिक १४, २०८२ शुक्रबार  ३ : १७ बजे