माओवादीसँग पार्टि एकता गर्ने एकीकृत समाजवादीको निर्णय



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले नेकपा (माओवादी केन्द्र)सँग एकता गर्ने निर्णय गरेको छ ।

अध्यक्ष माधवकुमार नेपालले बैठकले नेपालले प्रस्तुत गरेको प्रस्ताव अनुमोदन गरेसँगै अब एकीकृत समाजवादी र नेकपा र माओवादीबिच एकता हुने भएको हो ।

अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय कमिटी बैठकमा एकता गर्ने प्रस्ताव राखेका थिए । बाँकी विषयमा निर्णय गर्ने अधिकार सचिवालयलाई दिइएको एक नेताले जानकारी दिए ।

बुधबारदेखि सुरु भएको बैठकमा बहुमत केन्द्रीय सदस्यले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरे पनि केहिले नमान्ने तयारि गरेको बताइएको छ ।

पार्टीको विभिन्न जिम्मेवारीमा रहेका एकदर्जनभन्दा बढी नेताहरु एकतामा समाहित नहुने समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले बताइन्।

पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले माओवादीसँग वाम एकता नभई पार्टी मर्जर हुन गइरहेकोले आफूसहितका केही नेताहरु एकतामा समाहित नहुने बताइन् ।

प्रकाशित मिति : कार्तिक १४, २०८२ शुक्रबार  ७ : ५९ बजे