पहुँचका आधारमा भर्ती गरिएका करार कर्मचारीलाई तत्काल हटाउन प्रधानमन्त्री कार्कीको निर्देशन



काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायुसेवा निगममा पहुँचका आधारमा भर्ती गरिएका करारका कर्मचारीलाई तत्काल हटाउन निर्देशन दिएकि छन् ।

पर्यटनमन्त्रीका हैसियतमा प्रधानमन्त्री कार्कीले आज निगमको सञ्चालक समिति र व्यवस्थापनका अधिकारीहरूलाई सिंहदरबारमा बोलाएर यस्तो निर्देशन दिएकि हुन् ।

कुनै समय गौरव गर्नलायक बनेको संस्था अहिले दर्दनाक अवस्थामा पुगेको भन्दै निगमभित्रका बेथिति हटाउन कसैको मुख नहेरी कठोर रूपमा लाग्न उनको निर्देशन छ ।

प्रधानमन्त्री कार्कीले भनिन्, ूजेनजीहरूले यत्रो रगत बगाएको केका लागि हो रु यस्तै नातावाद, कृपावाद, विभेद अन्त्यका लागि होइन रु यता यत्रो आन्दोलन भइरहेको छ, उता भटाभट आफ्ना मान्छे भर्ती गरेको छ । अवकाश पाएर घर जान लाग्दा पनि मनपरी गर्न छाडिएको छैन । कतिसम्मको बेथिति हो यो रुू

कुनै समय गौरव गर्न लायक बनेको संस्था अहिले दर्दनाक अवस्थामा पुगेको भन्दै निगमभित्रका बेथिति हटाउन कसैको मुख नहेरी कठोर रूपमा लाग्न पनि उनले निर्देश गरिन् ।

यस्तै, हालसम्म निगम सुधारका लागि बनेका प्रतिवेदनहरू सुझाव कार्यान्वयन गर्न योजनासाथ अघि बढ्नुपर्ने उनको निर्देशन छ ।

प्रकाशित मिति : कार्तिक १६, २०८२ आईतबार  ७ : ३७ बजे