काठमाडौं । नेपाली काँग्रेसको संस्थापन पक्षधर नेताहरु छुट्टै भेला भएका छन् ।
सोमवार मध्यान्ह काठमाडौंस्थित एक होटलमा संस्थापन पक्षधर नेताहरु भेला भएका हुन् ।
भेलामा कार्यसम्पादन समितिमा नरहेका केन्द्रिय सदस्यहरु छन् । अहिले ५४ प्रतिशत १४ औं महाधिवेशन सदस्यहरुले नियमित महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएका छन् ।
त्यस्तै संस्थापन पक्षधर नेताहरु भने वैशाखतिर मात्रै महाधिवेशन गर्नुपर्ने र अहिले निर्वाचनमा लाग्नुपर्ने बताउँदै आएका छन् ।









