काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले नागरिकले प्रत्यक्ष अनुभुति गर्नेगरी सबै मन्त्रालयहरूले ब्लुप्रिन्ट तयार गरी कार्यान्वयन गर्न निर्देशन दिनुभएकि छन् ।
सोमवार दिउँसो सिंहदरबारमा अन्तरिम सरकार गठन भएपछि सम्पन्न भएका कार्य प्रगतिको विवरण लिँदै यस्तो निर्देशन् दिएकिहुन् ।
गत भाद्र २३ र २४ गतेको आन्दोलनको मर्म र भावना बमोजिम भ्रष्टाचार नियन्त्रण सुशासन र प्रभावकारी सेवा प्रवाह आजको आवश्यकता रहेको उनले बताईन् ।
सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न र सार्वजनिक कोषको प्रभावकारी एवं नतिजामूलक उपयोग गर्न पनि निर्देशन दिईन् ।
प्रधानमन्त्री कार्कीले निजी क्षेत्रको मनोवल वृद्धि गरी औद्योगिक वातावरणमा सुधार गर्न आवश्यक संवाद, सहजीकरण र सहकार्य गर्न निर्देशन दिइन्।









