विशेष पत्रकार सम्मेलन गर्दै जनार्दन शर्मा



काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आज पत्रकार सम्मेलनमार्फत आफ्ना धारणा सार्वजनिक गर्ने भएका छन्।

शर्माले ललितपुर बखुण्डोलस्थित सत्कार क्याफेमा दिउँसो २ः३० बजे पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

माओवादी केन्द्रसहितका दलहरू एकीकरण जाने भएपछि शर्मा असन्तुष्ट छन्।

उनी एकतामा नजाने बताइरहेका छन्। यसैबारे आफ्ना धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्न लागेको उनी निकट स्रोतले जनाएको छ।

प्रकाशित मिति : कार्तिक १८, २०८२ मंगलबार  १२ : ५३ बजे