निकोलस भूसाल पक्राउ



काठमाडौं । निकोलस भूसाल पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोरखा नगरपालिका वडा नम्बर ८ स्थित सरस्वती आश्रमबाट भुसाललाई आज दिउँसो पक्राउ गरेको हो।

उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई गोरखाबाट काठमाडौँ ल्याउँदै छ ।

उनले यसअघि सामाजिक सञ्जालमार्फत विवादस्पद अभिव्यक्ति दिएका थिए ।

प्रकाशित मिति : कार्तिक १८, २०८२ मंगलबार  २ : ३६ बजे