माओवादीले गर्‍यो पार्टी एकता अनुमोदन, एकतापछिको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ हुने



काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले एकीकृत समाजवादीसहित विभिन्न ८ दलसँग पार्टी एकता गर्ने सचिवालय बैठकको प्रश्ताव अनुमोदन गरेको छ ।

बुधवार बसेको पार्टीको महाधिवेशन आयोजक समितिको पूर्ण बैठकले यस्तो निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

उनका अनुसार एकतापछि पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी हुने भएको छ ।

उनले पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्सवाद लेनिनवाद हुने तथा कार्यक्रम नेपाली विषेशताको वैज्ञानिक समाजवाद हुने पनि बताए ।

प्रकाशित मिति : कार्तिक १८, २०८२ मंगलबार  ७ : २० बजे