अब कहिल्यै नफुट्ने संकल्पको साथ अगाडि बढौं : झलनाथ खनाल



काठमाडौं। पूर्व प्रधानमन्त्री झलनाथ खनालले १० वाम घटकहरुबीच एकता भएर बनेको नेपाली कम्युनिष्ट पार्टीका नेताहरुले कहिल्यै नफुट्ने संकल्पको साथ अगाडि बढ्नुपर्ने बताएका छन् ।

एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनाले विगतमा पनि कम्युनिष्ट पार्टीबीच एकता हुँदा र ए र कता छुट्टाछुट्टै भएको बताए ।

‘यहाँ आज एकताका लागि जम्मा हुनुभएका सबै घटकहरूलाई भन्न चाहन्छु, अब हामी कहिल्यै फुट्ने छैनौं । यो संकल्पका साथ अघि बढौं,’ उनले भने ।

साथै, उनले एउटा कम्युनिष्टले अर्को कम्युनिष्टलाई गाली गलौजको भाषा बन्द गर्नुपर्ने उनले बताए । एकअर्कामा नीतिगत र सैद्धान्तिक संघर्ष आवश्यक रहेको पनि नेता खनालले बताए ।

प्रकाशित मिति : कार्तिक १९, २०८२ बुधबार  ४ : ०९ बजे