रवि र छविको मुद्दा न्यायाधीशद्वय आचार्य र अर्यालको इजलासमा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाको सञ्चालक समितिका तत्कालीन सदस्य तथा पूर्वडिआइजी छविलाल जोशीको मुद्दा सुनुवाइको लागि पेशी चढेको छ ।

रवि र छवि दुवैले बिगो बराबरको धरौटी राखेर रिहा हुन पाऊँ भनी उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा निवेदन दिएका थिए ।

रवि र छविको मुद्दा उच्च अदालत तुलसीपुरको बुटवल इजलास न्यायाधीशद्वय बासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासमा सुनुवाइ तोकिएको छ ।

प्रकाशित मिति : कार्तिक २०, २०८२ बिहीबार  ११ : ५१ बजे