काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै आफ्नो पार्टीले देशभर आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
बिहीवार भक्तपुरको गुण्डुस्थित आफ्नै निवासमा पुगेका नेता, कार्यकर्तासँग बोल्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष ओलीले देशलाई छाडातन्त्रमा चलाउनका लागि कुनै हैसियत नै नभएको सरकारले प्रतिनिधि सभा विघटनको सिफारिस गरेको जिकिर समेत गरे ।
राष्ट्रपति रामचन्द्र पौडेलले असंवैधानिक सरकारले गरेको सिफारिसअनुसार प्रतिनिधिसभा विघटन गरेर गल्ती गरेको उनको भनाइ छ ।
संविधानविपरीत प्रतिनिधिसभा विघटन गरेकाले आफूहरूले त्यसको पुनर्स्थापनाको माग गरेर अघि बढ्नुपरेको अध्यक्ष ओलीको भँनाई थियो ।









