नेपाल ट्रस्टको जग्गा लिज प्रकरणमा पूर्वसहसचिव कार्कीलाई ८ दिन थुनामा राख्न अनुमति



काठमाडौं, २३ कार्तिक । जिल्ला अदालत काठमाडौंले नेपाल ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई थप ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

प्रहरी म्याद थपको लागि आज अदालत गएको हो । कार्की चितवनबाट पक्राउ परेका हुन् ।

काठमाडौंको दरबारमार्गस्थित ट्रस्टको जग्गा लिज सम्झौताबारे सिआईबीले अनुसन्धान अघि बढाएको छ ।

राज्यलाई करिब ५ अर्ब रुपैयाँ घाटा हुने गरी नेपाल ट्रस्टले थामसेर्कु प्रालिलाई उक्त जग्गा लिजमा दिएको कार्कीमाथि आरोप छ ।

प्रकाशित मिति : कार्तिक २३, २०८२ आईतबार  ८ : ३१ बजे