कुलमानको पार्टीको नाम ‘उज्यालो नेपाल’ राख्ने सहमति



काठमाडौँ । ऊर्जामन्त्री कुलमान घिसिङको पार्टीको नाम ‘उज्यालो नेपाल’ नै राख्ने सहमति भएको छ।

तत्कालको लागि पूर्वसचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा अरु सबै सदस्य रहने गरी निर्वाचन आयोगमा पार्टी दर्ता हुने भएको हो ।

चुनाव चिह्न भने बिजुलीको चिम नै रहने भएको छ ।

यसअघि नेपाल जनसेवा पार्टी राख्ने सहमति भइसके पनि आइतबार राति बसेको बैठकले उज्यालो नेपाल नै पार्टीको नाम लिएर आयोग जाने सहमति गरेको हो ।

प्रकाशित मिति : कार्तिक २४, २०८२ सोमबार  ३ : ०२ बजे