महाधिवेशनको विवादले पार्टी विभाजनसम्मको अवस्था ल्याउनसक्छः शेखर कोईराला



काठमाडौ. । नेपाली काँग्रेसका नेता डा। शेखर कोईरालाले पार्टीभित्र महाधिवेशनको विषयलाई लिएर उत्पन्न विवादले विभाजनसम्मको अवस्था ल्याउनसक्ने चेतावनी दिएका छन् ।

मंगलवार पार्टी केन्द्रिय कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नियमित वा विशेष महशाधिवेशनबारे पार्टी केन्द्रिय समिति बैठकले निर्णय गर्न नसके पार्टी विभाजनको अवस्था आउनसक्ने चेतावनी दिएका हुन् ।

उनले पार्टीभित्र विशेष महाधिवेशनको माग गर्दै ५५ प्रतिशत प्रतिनिधिहरूको हस्ताक्षर भइसकेको बताउँदै नेता कोईरालाले उक्त हस्ताक्षर प्रमाणिकरणको प्रक्रिया शुरु हुने दिनदेखि नै काँग्रेस विभाजनको सम्भावना रहेको बताउँदै केन्द्रिय समिति बैठकले नै निष्कर्ष निकाल्नुपर्ने बताए ।

प्रकाशित मिति : कार्तिक २५, २०८२ मंगलबार  ८ : १७ बजे