काठमाडौं । जेन-जी प्रतिनिधि सुदन गुरुङले जेनजी पुस्ताले राखेका मागहरु पूरा नभइकन निर्वाचन हुन नसक्ने बताएका छन् ।
आज बिहान लैनचौरस्थित खड्का ल्याण्ड प्रालिले सञ्चालन गर्दै आइरहेको नेपाल स्काउटको जग्गामा रहेका संरचना हटाउने प्रयोजनका लागि त्यहाँ पुगेका उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘समग्र हामी जेनजीहरुको टिम एक ठाउँमा छ । एक दुई जना तलमाथि हुनुहुन्छ । उहाँहरूलाई नै बोलाउँछौँ । माग पूरा नभइकन कसरी चुनाव हुन्छ । यो सबै कुरा गृहमन्त्रीज्यूले जिम्मा लिनुपर्छ । उहाँ हामीसँग जंगी अड्डामा पनि सँगै हुनुहुन्थ्यो । राष्ट्रपति कार्यालयमा संविधानविद् भने मलाई चिनाइएको हो । माग पूरा हुन्छ, हुँदैन उहाँहरूलाई थाहा थिएन र रु गिरीबन्धुमा म लडेको हो भनेर कन्भिन्स गरेको मान्छे । यो सबै भएन भने धोका दिनुभएको हो हामीलाई । अहिले आएर चुनाव चुनाव भन्नुहुन्छ ।’
जेन-जीहरुका माग पूरा नभए अर्को आन्दोलन हुने चेतावनी दिँदै उनले यसको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्यालले लिनुपर्ने बताएका छन् ।









