सर्लाही । मधेश प्रदेश सभामा लामो समयदेखि बैठकमा अनुपस्थित रहँदै आएका पाँच जना प्रदेश सांसदलाई सभामुख रामचन्द्र मण्डलले पदमुक्त गरेका छन्। बिहीबारदेखि लागू हुनेगरी उनीहरूको पद खोसिएको हो।
पदमुक्त हुनेहरूमा उर्मिला देवी सिंह,मनिष कुमार सुमन,संजय कुमार यादव, सिंहासन सा कलवार र सारदा संकर प्रसाद कलवार रहेका छन् ।
उनीहरूले लगातार १० वटा प्रदेश सभा बैठकमा हाजिर नभएको भन्दै सभामुख मण्डलले नियम अनुसार उनीहरूलाई प्रदेश सभा सदस्यबाट पद मुक्त गरेका हुन्।
‘संविधानमा मधेश प्रदेश सभा बैठकको अभिलेख अनुसार नेपालको संविधानको धारा १८० यो बमोजिम प्रदेश सभामा लगातार १० ९दश० वटा बैठकमा अनुपस्थित रहेका तपशिलमा उल्लेखित माननीय सदस्यहरू मिति २०८२।०७।२७ गते देखि प्रदेश सभा सदस्यबाट पद मुक्त भएको हुँदा निजहरू प्रदेश सभा सदस्यहरुको स्थान रिक्त भएको व्यहोरा प्रदेश सभा कार्य सञ्चालन नियमावाली, २०७५ को नियम १८५ बमोजिम सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा उल्लेख छ ।














