काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन र राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ ।
आयोगले माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनाका लागि दल दर्ता आह्वान गरेको हो ।
निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न कात्तिक ३० गतेभित्र दल दर्ताको प्रमाणपत्र लिइसकेको हुनुपर्ने आयोगले जनाएको छ ।











